भारतमा विद्रोही समुह र सरकारबीच शान्ति सम्झौता

भारतमा विद्रोही समुह र सरकारबीच शान्ति सम्झौता

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी , १९ साउन ।

भारतको नागाल्याण्डमा ६ दशकदेखि सशस्त्र संघर्ष गर्दै आएको नागा विद्रोही समुह र सरकारबीच शान्ति सम्झौता भएको छ ।

उत्तर पूर्वी नागाल्याण्ड राज्यको पृथकतावादी समुह नेसनल सोसलिष्ट काउन्सिल अफ नागाल्याण्ड र भारतीय सरकारबीच हिजो भएको शान्ति सम्झौतालाई प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहांसिक उपलब्धी भनेका छन् ।

नागाल्याण्डमा बसोबास गर्ने २० लाख नागा जातीको अलग्गै स्वतन्त्र राज्य हुनुपर्ने माग गर्दै झण्डै ६ दशकअघि उक्त समुहले विद्रोह सुरु गरेको थियो । शान्ति सम्झौतको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

भारतको नागाल्याण्डसँगै अरुणाचल, आसाम र मणिपुर प्रदेशमा नागा जाती बसोास गर्दै आएका छन् । भारतको इतिहासकै लामो विद्रोह अन्त्य भएसँगै अन्य सशष्त्र समुहहरुसँग पनि वार्ताको ढोका खुलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी