काडमाण्डौ, १६ साउन ।
म्यानमारमा बाढीले जनजीवन कष्टकर भएपछि चार वटा राज्यमा आपतकालिन अवस्था घोषणा गरिएको छ ।
निरन्तरको वर्षापछि आएको बाढीले छिन, माग्वी, सागाइङग र राखेइन राज्यमा २७ जनाको मृत्यु भएपछि सरकारले आपतकालिन अवस्था घोषणा गरेको हो । विस्थापित भएका धेरै मानिस गुम्बामा शरण लिएर बसेका छन् । भारी वर्षाका कारण म्यानमारका १४ वटा प्रान्त प्रभावित भएका छन् ।
ती ठाउँमा यातायात समेत अवरुद्ध भएकाले राहत पुयाउन अप्ठेरो भएको स्थानीय अधिकारीले बताएका छन् । बाढीका कारण ४ लाखभन्दा बढी हेक्टरमा लगाएको धानबाली नष्ट भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline