एजेन्सी १६ साउन ।
भारत र बंगलादेशबीच करिब १ सय ६० साना भूभाग र तिनका बासिन्दा एकार्कामा साटासाट गरिएको छ ।
हालै भएको भूमि सम्झौता अनुसार दुई देशबीचको सीमामा रहेर अनागरिकका अवस्थामा रहेकाहरुलाई उनीहरुले रोजेको देशको नागरिकता रोज्न दिने छुट दिइएको थियो ।
जसअनुसार १ सय ६० साना वस्तीहरु गएरातिबाट एकापसमा साटासाट गरिएको हो । यसबाट ती वस्तीमा रहने करीब ५० हजार व्यक्तिले सुविधा पाएका छन् । विवादास्पद १ सय ११ वटा स्थान बंगलादेशतर्फ र ५१ वटा स्थान भारततर्फ गाभिएका छन् ।
सन् १९४७ मा भारत विभाजन भएदेखि नै यो विवाद कायम थियो । ६८ वर्षदेखि अनागरिकको अवस्थामा रहेकाहरुले यो सुविधा पाएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline