याकुवको फासीको परिणाम भारतले भोग्नु पर्ने दाउदका चेला शाकीलको चेतावनी

याकुवको फासीको परिणाम भारतले भोग्नु पर्ने दाउदका चेला शाकीलको चेतावनी

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

 एजेन्सी साउन १५ ।
दुई दिन अघि मात्रै पञ्जावमा आतंकवादी हमला पछि भारतीय अदालत रातारात खोलेर याकुव मेननलाई फासी दिइए पछि त्यसको समर्थन र विरोध दुवै भईरहेको बेला अन्डरवल्र्ड दाउद ईब्राहिमका चेला शाकिलले यस फासी कानुनी हत्या भएकाले त्यसको परिणाम भारतले भोग्नु पर्ने चेतावनी दिएका छन् ।

विहिबार बिहानै फासी दिईएका याकुवलाई सन् १९९३ को मुम्वई हमलाका लागि जिम्मेवार ठहऱ्याईएको थियो ।

तर शाकिलले यसको लागि जिम्मेवार याकुवका भाई टाईगर रहेको भन्दै निदोर्ष मान्छेलाई फासी दिईएको दावी गरेका छन् ।

एउटा अग्रेजी अखबारमा प्रतिकृया दिदै शाकिलले त्यस्तो चेतावनी दिएको भारतीय सञ्चार माध्यमहरुमा खबर छ ।

भारतको यो कदम धोका भएको र यसबाट अब दाउद ईब्राहिम सहित कोही पनि भारतमा आत्मसमर्पण गरेर आउने संभावना कम भएको शाकिलले बताएका छन् ।
यद्यपि याकुव मेमनको दाउदसग‘ कुनै सम्बन्ध भने नरहेको बताईएको थियो ।
राति ढेड बजे न्यायधीश बोलाएर फैसला गराउने यो कस्तो न्याय हो ? शाकिलले प्रश्न गरेका छन् ।
पाकिस्तानी नागरिक याकुव चार्टर एकाउन्टेट रहेका थिए । उनले आफू निर्दोष रहेको बताउदै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी