चीनका वरिष्ठ सैनिक अधिकृत भ्रष्टाचारको आरोपमा निलम्बित

चीनका वरिष्ठ सैनिक अधिकृत भ्रष्टाचारको आरोपमा निलम्बित

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी, १५ साउन  ।

चीनका वरिष्ठ सैनिक अधिकृत कुओ पोसियांग भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका छन् । घुस लिई पदको दुरुपयोग गरेको आरोपमा उहालाई पदबाट निलम्बन गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

चीनका राष्ट्रपति सी जिनपिंगले आफ्नो देशमा भ्रष्टाचारविरुद्ध सशक्त अभियान जारी रहेको जानकारी दिँदै कुनै पनि भ्रष्टाचारीले उन्मुक्ति पाउन नसक्ने बताउनु भएको छ ।

सेनामा रही भ्रष्टाचार गर्दा सेनाको क्षमतामा समेत असर पर्ने भएकाले सेनाभित्र उचित छानबिन भइरहेको उहाको भनाई छ ।

सन् २००२ देखि सन् २०१२ सम्म चीनका केन्द्रिय सैनिक कमिशनका उपाध्यक्ष समेत रहेका जनरल कुओ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य समेत हुनु हुन्छ । यसअघि सैन्य अधिकृतकै रुपमा रहनु भएका कुओका छोरालाई पनि भष्टाचारको अभियोगमा पक्राउ गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी