एजेन्सी , १४ साउन ।
भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलामको राजकिय सम्मानका साथ आज अन्त्येष्टि गरीएको छ । दक्षिणी राज्य तामिलनाडुको रामेश्वरममा उहाको अन्तेष्टीमा गरीएको हो ।अन्तेष्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ,मुख्यमन्त्री तथा मन्त्रीका साथै बिशिष्ट अधिकारीहरु उपस्थिति भएका थिए। पूर्वराष्ट्रपति कलामको पार्थिव शरिर हिजो गृहनगर रामेश्वरम र्पुर्याइएको थियो ।
कलामको पार्थिव शरीरमा सर्वसाधरणले अन्तिम श्रद्धाञ्जली दिएपछि अन्तेष्टी गरीएको भारतीय संचारमाध्यामले जनाएका छन् । पूर्वराष्ट्रपति कलामको निधनमा भारत सरकारले ७ दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ । ८३ वर्षको उमेरमा निधन भएका कलाम भारतका निकै लोकप्रिय व्यक्तित्वको रुपमा परिचित हुनुहुन्थो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline