इटालियन क्लब विरुद्धको मैत्रीपुर्ण फुटबलमा रियल मड्रिड विजयी

इटालियन क्लब विरुद्धको मैत्रीपुर्ण फुटबलमा रियल मड्रिड विजयी

  • मङ्लबार, साउन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, १२ साउन ।

इटालियन क्लब विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ ।

सोमबार बेलुका चीनको ग्वानझाओमा भएको मैत्रीपूर्ण फुटबलमा सिरी ए क्लब इन्टर मिलानलाई पराजित गर्दै रियल मड्रिडले ३–० ले विजयी भएको हो ।

खेल जिताउने क्रममा जेसे रोड्रिगेजले २९ औं मिनेटमा गरेको गोलबाट रियलले सुरुवाती अग्रता लिएको थियो ।

रियलको अग्रता दोब्बर पार्ने क्रममा ५६ औं मिनेटमा राफेल भरानले गोल गरे । यस्तै गर्दा ८८ औं मिनेटमा जेम्स रोड्रिगेजले फ्रि किकमार्फत अर्को गोल गरेपछि रियलले ३–० को जित हात पारेको हो ।

युरोपियन फुटबलको नयाँ सिजन सुरुहुनु अघि अहिले मैत्रीपूर्ण खेलहरु भैरहेका छन् । स्पेनिस ला लिगा र इटालियन सिरी ए दुवै खेल अबको एक महिनापछि सुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी