भारतका पूर्व राष्ट्रपति तथा वैज्ञानिक एपीजे अब्दुल कलाम ठूलो चर्चा कमाएका व्यक्तित्व हुन् । उनको ८३ वर्षको उमेरमा सिलाङगमा निधन भयो । तर उनले यसरी मृत्युवरण गरे कि मर्नु अघि पनि उनी भाषण गरीरहेका थिए ।
सिलाङगमा भएको कार्यक्रममा बोल्दा बोल्दै उनी मञ्चबाट ढले । त्यसपछि तत्कालै नजिकैको अस्पतालमा भर्ती गरियो , जहा उनको निधन भयो । सिलङका एसपी विवेक श्यामले बताए ।
उनको निधन प्रति भारत सरकारले सात दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।
सिलाङको एक कार्यक्रममा भाषण गर्दा गर्दै ढलेका पूर्व राष्ट्रपति अब्दुललाई अस्पतालमा भर्ती गराए पछि निधन भएको हो ।
तामिल नाडुमा जन्मिएका अब्दुल कलाम मिसाईल बैज्ञानिक थिए ।
उनी सन् २००२ र २००७ मा भारतको राष्ट्रपति बनेका थिए ।
निधन हुनु अघि सोमबार उनले स्थानीय समय अनुसार ११:३० बजे अन्तिम ट्वीट गरेर आफू सिलाङग जादै गरेको बताएका थिए ।
भारतको मिसाईल टेक्नोलोजीमा महत्वपूर्ण भूमिका खेलेका उनी पोलर स्याटेलाईट लन्च भेईकलका पिता मानिन्छन् ।
सन् १९९७ मा भारत रत्नबाट पुरस्कृति भएका कलाम वैज्ञानिक राष्ट्रपतिका रुपमा स्थापित थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कलामको निधनप्रति शोक व्यक्त गरेका छन् । यसै गरी भारतका केन्द्ीय मन्त्रीहरु, विभिन्न व्यक्तित्वहरु राज्यका मुख्य मन्त्रीहरुले पनि शोक व्यक्त गरेका छन् ।