भारतको पञ्जावमा भएको आतंककारी हमलामा ८ जना मारिए

भारतको पञ्जावमा भएको आतंककारी हमलामा ८ जना मारिए

  • सोमवार, साउन ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी ११ साउन ।

भारतको पञ्जाव राज्यको गुरुदासपुर जिल्ला स्थित दिनानगर प्रहरी चौकीमा जारी आतंककारी हमलामा ८ जना मारिएका छन् ।

बिहान करिब साँढे ५ बजे देखि जारी भिडन्तमा मारिनेमध्ये दुई जना प्रहरी जवान पनि रहेको भारतीय सन्चार मध्यामले जनाएको छ ।

हतियारधारीले समुहले सुरुमा एउटा बसमा आक्रमण गरेका थिए भने लगत्तै प्रहरी चौकीमा आक्रमण गरेका हुन् । उक्त क्षेत्रमा अहिले दोहोरो भिडन्त जारी रहेको बताइएको छ ।

हमलामा थुपै्र मानिस घाइते भएका छन् । सुरक्षा कारवाही जारी रहेकाले घाइते र मृतकको यकिन विवरण आउन बाँकी रहेको बताइएको छ । हतियारधारीहरु कति संख्यामा छन् र उनीहरुसँग के–कति हतियार छ भन्ने प्रष्ट हुन नसकेको सुरक्षा अधिकारीहरुको भनाई छ ।

भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले पञ्जावका मूख्यमन्त्री र बोर्डर सेक्यूरिटी फोर्सका महानिर्देशकसँग घटनाबारे जानकारी लिनुका साथै भीडन्तस्थलमा थप सुरक्षाकर्मी पठाइएको बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी