एजेन्सी १० साउन ।
हुती विद्रोह नियन्त्रणका लागि यमनमा जारी राखेको आक्रमणमा सर्वससाधारण मारिएपछि साउदी अरब नेतृत्वको गठबन्धन सेनाले पाँच दिने संघर्ष विरामको घोषणा गरेको छ ।
यमनको ताइज सुबे राज्यमा गरिएको हवाई आक्रमणमा थुपै्र सर्वसाधारण मारिएपछि सउदी अरबले संघर्ष बिरामको घोषणा गरेको हो । यसबाट यमनी नागरिकलाई केही समय भएपनि राहत मिल्ने सउदी अरब सरकारको दावी छ ।
यमनी राष्ट्रपति मंसुर हादीको आग्रहमा सउदी अरबका बादशाह शाह सलमान संघर्ष बिराम गर्न तयार भएको बिबीसीले जनाएको छ । यमनमा हुती बिद्रोहीले गरेको आतंकवादी हमलामा हजारौं नागरिक मारिएपछि सउदी अरब गठबन्धन सेनाले हुती विद्रोहीबिरुद्ध कारवाही सुरु गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline