एजेन्सी,१० साउन ।
चिन भ्रमणमा आउने भारतीय पर्यटकको संख्या पछिल्लो समय निकै बढेको छ । चिनिया सरकारी तथ्याङकले सन् २०१५ को पहिलो अर्धबार्षिकीमा चिन भ्रमणमा आउने भारतीय पर्यटकको संख्या बढेको देखाएको छ ।
चिनिया राष्ट्रिय पर्यटन प्रशासनले जनवरी देखी जुन सम्मको अबधिमा चिन आउने पर्यटकको संख्या ४ दशमलब २ प्रतिशतले बढेको जनाएको छ ।
जनसंख्या र क्षेत्रका हिसाबले ठुला दुई छिमेकी मुलुक भारत र चिनले गतबर्ष नागरीक नागरीकबिचको सम्बन्धलाई थप मजबुत पार्दै दुइ देशबिचको पर्यटनमा सुधार गर्ने सहमती गरेका थिए ।
चिनिया राष्ट्रपति सि जिङपिङको गएको सेप्टेम्बरमा भएको भारत भ्रमणका क्रममा सन २०१५ लाई भारत भ्रमण बर्ष र २०१६ लाई चिन भ्रमण बर्षका रुपमा सुरु गरी दुइ देशबिचको पर्यटनमा सुधार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीे र चिनिया राष्ट्रपति सिबिच सहमती भएको थियो ।