मोदीको हत्या गर्ने माओवादीको योजना रहेको गुप्तचरको रिपोर्ट पछि भारतमा खैलाबैला

मोदीको हत्या गर्ने माओवादीको योजना रहेको गुप्तचरको रिपोर्ट पछि भारतमा खैलाबैला

  • शनिबार, साउन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

भारतीय गुप्तचर संस्था ईन्टेलिजेन्स व्युरो आईबीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीव गान्धीलाई जस्तै आत्मघाती आक्रमण गर्ने योजना भारतीय माओवादीले बनाएको खुलासा गरे पछि भारतीय सरकार र भाजपा भित्र ठूलो खैला बैला मच्चिएको बताईएको छ ।

यो रिपोर्टका आधारमा पटना र मुजफफपुरमा आज हुने भ्रमणका क्रममा यस्तो आक्रमण गर्ने माओवादीको योजना रहेको आईबीलाई उदृद्ध गर्दै ईन्डो एशियन न्युज सर्भिसले जनाएको भनी विभिन्न भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।
अझ खास गरी माओवादीले तालिम प्राप्त महिला सदस्यलाई परिचालन गरेर हत्या गर्न सक्ने आईबीको दावी छ ।
सन् १९९१ मा पूर्व प्रधानमन्त्री तथा काग्रेस आईकी तात्कालीन अध्यक्ष राजीव गान्धीमाथि भए जस्तै आक्रमणको योजना बनिरहेको सूचना आएको आईबीको दावी छ ।
एक महिला आत्मघाती आक्रमणकारीले गान्धीको हत्या गरेकी थिईन् ।
आईबीले मोदीको विषेश सुरक्षा व्यवस्था गर्न सुझाव दिएको छ ।
पत्रकार, प्रहरी , विद्युत कर्मचारी, आयोजक , खानपान प्रवन्धक र कामदार जस्ता भेषमा प्रधानमन्त्रीको नजिक पुग्न सक्ने आईबी अधिकारीहरुको दावी छ ।
यस अघि सन् २०१३ मा मोदीको कार्यक्रमलाई लक्षित गरी श्रृखलावद्ध बम विष्फोट गराईदा ५ जनाको मृत्यु भएको थियो भने १ सय भन्दा बढी घाईते भएका थिए ।
मोदीलाई माओवादीले किन निसाना बनाउन लागेको हो भन्ने बारेमा माओवादीको तर्फबाट भने कुनै पनि प्रतिकृया आएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी