एजेन्सी, ८ साउन । इरानमा विगत ६ महिनामा झण्डै सात सय जनालाई फाँसी दिइएको एक तथ्यांक सार्वजनिक भएको छ ।
मानवअधिकार संस्था एमनेष्टि इन्टरनेशनलले सार्वजनिक गरेको तथ्यांक अनुसार इराकमा गत जनवरीदेखि जुलाई १५ सम्म ६९४ जनालाई फाँसी दिइएको छ ।
यो संख्य इरानी अधिकारीहरुले स्वीकार गरेको आँकडा भन्दा तीन गुणा बढी हो । सन् २०१४ मा कम्तीमा सात सय ४३ जनालाई फाँसी दिइएको थियो ।
स्वतन्त्रता र निष्पक्षताको पूर्ण रुपमा अभाव रहेका अदालतहरुले नै मृत्युदण्डको फैसला गर्ने भएकाले पनि मृत्युदण्ड पाउनेहरुको संख्या बढ्दै जानु चिन्ताको विषय भएको एमनेष्टिले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline