भुकम्पको केन्द्रविन्दु काठमाडौं भएपछि मापन केन्द्रले माग्यो माफी

भुकम्पको केन्द्रविन्दु काठमाडौं भएपछि मापन केन्द्रले माग्यो माफी

  • बिहिबार, साउन ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, ७ साउन ।

हिजो राती गएको पराकम्पको केन्द्रबिन्दू काठमाण्डूको भृकुटीमण्डप भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको केन्दबिन्दु सिन्धुपाल्चोकको सट्टा काठमाडौँमै देखिएपछि भूकम्प मापन केन्द्रले आफ्नो वेभसाइटमा सूचना निकाल्दै माफी समेत मागेको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार केन्द्रीय मापन केन्द्रमा आएको खराबीका कारण पराकम्पको केन्द्रबिन्दू पहिचानमा समस्या भएको हो । क्षेत्रीय मापन केन्द्रबाट मापन गर्दा दूरी फरक पर्न गएको उहाँले बताउनुभयो ।

हिजो राती १० बजेर १४ मिनेट जाँदा काठमाडौं भृकुटीमण्डप केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको हो । धेरैपछि शक्तिशाली पराकम्प गएकाले काठमाडौंका बासिन्दा केहीबेर घर बाहिर निस्केका थिए ।

फेरि पनि पराकम्प आउन सक्ने भएकाले नआत्तिन तर सचेत हुन केन्द्रले आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी