काठमाण्डौं साउन ६ ।
नेपाली प्राविधिक सहयोग समुह एनट्यागमा व्यापक आर्थिक अनियमितता गर्ने पुराना तथा नया पदाधीकारीहरुलाई कार्बाही गर्नु पर्ने माग गर्दै कर्मचारी तथा शुभचिन्तकहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
उनीहरुले फर्जि विल र कागजात बनाएर आर्थिक अनियमितता गर्ने एनट्यागका अध्यक्ष सुन्दरमान श्रेष्ठ, कार्यक्रम प्रवन्धक दिपक थापा र मोहन पन्थी लगायतका बोर्ड सदस्यहरुलाई छानविन गरी विगो समेत असुलेर कार्बाही हुनु पर्ने भन्दै आजै उजुरी दर्ता गराएको स्रोतले जनाएको छ ।
- कार्यक्रम प्रवन्धक दिपक थापा र बोर्ड अध्यक्ष सुन्दरमान श्रेष्ठ
अमेरीकीय सहयोग नियोग लगायत विभिन्न अन्तराष्ट्रिय दातृ निकाय र श्वास्थ्य मन्त्रालय मातहतका वालवालिका र पोषण सम्बन्धि कार्यक्रमहरुमा तालिम लगायतका कार्य गर्दै आएको यस संस्थामा अनियमितताको कुरा लामो समयदेखि उठ्दै आएको छ ।
एनट्यागका पदाधीकारीहरुले मिर्मिरे अनलाईनका तर्फबाट सूचना माग्न जादा ललितपुर पत्रकार महासंघकी कार्यसमिति सदस्य सिर्जना तिम्सिना र बालकृष्ट भट्टको परिचय पत्र समेत फ्याकेर दुरव्यवहार गरेका थिए ।
