एनट्यागमा आर्थिक अनियमितता तीव्र , फर्जि विल र शीर्षकमा पैसा खर्च हुन्छ

एनट्यागमा आर्थिक अनियमितता तीव्र , फर्जि विल र शीर्षकमा पैसा खर्च हुन्छ

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाण्डौं असार २० ।  
नेपाली प्राविधिक सहयोग समुह ( NTAG ) मा हालका कार्यक्रम प्रवन्धक दिपक थापा र केही त्यसका बोर्ड सदस्यहरुले विभिन्न तरीकाले अनियमितता गरीरहेको खुलासा भएको छ ।
थापाले आफूले केही नगर्ने बोर्डले गर्छ भन्ने र बोर्ड भित्रका केही सदस्यलाई प्रभावमा पारेर परियोजनाबाट आएका रकमहरु अनियमितता गर्ने गरेको स्रोतले बताएको छ ।
थापाले बोर्ड अध्यक्ष रहेका अर्थमन्त्रालयका पूर्व कर्मचारी सुन्दरमान श्रेष्ठ सदस्य सागर सिजापति र मोहन पन्थी सहितकालाई प्रभावमा पारेर निर्णयहरु अनुमोदन गराउने गरेको बुझिएको छ ।
उनीहरुले ४१ जनालाई ल्यापटप बाड्ने क्रममा केहीलाई पैसामा विक्री गरेको, केही आफन्तहरुलाई बाडेको र  केही कार्यलयमै राखिएको कर्मचारी स्रोतको भनाई छ ।


एनट्याग पहिला भिटामीन ए कार्यक्रममा व्यापक भ्रष्टाचार गरेर बदनाम भएको थियो  । त्यस बेलाका प्रमुख राम कुमार श्रेष्ठ अहिले अमेरीकामा रहेका छन् । उनको पालामा व्यापक आर्थिक चलखेल र हिनामिना भएर विवाद बढे पछि राम कुमारले छाडेका थिए । त्यस पछि आएका शर्मा थरका प्रमुखले पनि केही वर्ष पहिले छाडे पछि दिपक थापाले सबै भन्दा हर्ताकर्ता भएर संस्था चलाएका छन् ।
उनीहरुले ४० वटा भन्दा बढी ल्यापटप र केही मोटरसाईकल समेत बेचेर  त्यस संस्थामा व्यापक भ्रष्टाचार गरेका पूर्व पदाधीकारीहरु अहिले विभिन्न देश विदेश पलायन भएको एनट्याग स्रोतले जनाएको छ ।
उनीहरुले आफ्नो निर्णयको विरोध गर्ने र काम कार्बाहीमा असहमति राख्ने ड्राईभर सहित विभिन्नलाई हटाउने प्रकृया सहज पार्न पहिला आफूहरु सबैले जागिर छाडेको देखाउन नक्कली राजीनामा पत्र बनाएका थिए । त्यो पत्र अझै पनि उनीहरुले आफैसग‘ राखेको एक बोर्ड सदस्यले बताए ।
तर केही मानिस हटाईसके पछि फेरी उनीहरुले आफूले आफैलाई पुनर्वहाली गरेको र अरुलाई हटाएको स्रोतको भनाई छ ।
त्यस पछि जिम्मेवारी सम्हाल्दै आएका पदाधीकारी र हालका कार्यक्रम प्रवन्धक दिपक थापा र केही बोर्ड सदस्यहरुले सेटिङ मिलाएर व्यापक आर्थिक चलखेल गरीरहेको कर्मचारीहरुको भनाई छ । उनीहरुले केही नक्कली विल समेत प्रयोग गर्ने गरेको भनिए पनि यसको पुष्टी भने हुन सकेको छैन ।
पैसा बचाउने नाममा कहिले काही तालिम कार्यक्रमहरुका प्रवन्धक दिपक थापा आफैले मासु पकाएर खाने  बाड्ने गरेको पनि बताईन्छ ।
सो संस्थाले पोषण सम्बन्धि अहिले अमेरीकी सहयोग नियोग युएसएआईडी मार्फत सञ्चालित सुहारा कार्यक्रम अन्तर्गत विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ । यस्ता तालिमका नाममा समेत प्रपोजल राईटर र कन्सलटेन्ट मात्र आफू भएको बताउने दिपक थापा , बोर्ड सदस्य मोहन पन्थी लगायतकाले मिलाएर फर्जि बिलहरु तयार पारेर आर्थिक अनियमितता गर्ने गरेको स्रोतको दावी छ । र अर्कोतिर फिल्डमा जाने बेलामा धेरै बोर्ड सदस्यहरु जान नभ्याउने, कतिपयलाई श्वास्थ्यले साथ नदिने भन्दै प्रवन्धक थापा र पन्थी मिलाएर जिल्ला जिल्लामा गएर राम्रै भत्ता र आमदामी गर्ने गरेको अर्का एक बोर्ड सदस्यको दावी छ ।
नाम उल्लेख नगर्न अनुरोध गर्दै एनट्यागकका एक कर्मचारीले बताए अनुसार प्रवन्धक थापा र वोर्ड सदस्य पन्थी सहित अन्य केही बोर्ड सदस्यले मिलेर आर्थिक अनियमितता गर्ने र सो सूचना बाहिर चुहाउने को हो भन्दै सूचना दिने सवारी चालक देखि रिसेप्सनमा रहेकाहरुलाई समेत जागिरबाटै हटाईदिने धम्की दिने  गरेका छन् ।
प्रवन्धक थापा बोर्ड सदस्य पन्थी लगायतले मिलेर ४१ वटा ल्यापटप आफन्तहरुलाई बॉडेको केही बेचेर आर्थिक लाभ गरेको स्रोतको दावी छ । त्यसै गरी १६ वटा मोटरसाईकल आफ्ना नातेदारलाई वितरण गरिएको स्रोतको ठोकुवा छ । स्रोतका अनुसार तालिममा हात पुछ्नका लागि ल्याईएको टावल समेत थापा र बोर्डका सदस्यहरुले घर लाने गरेका छन् ।
उनीहरुले त्यसरी वितरण गरिएको एउटा मोटरसाईकल केही समय अघि सप्तरीबाट श्रेष्ठ थरका एक व्यक्तिबाट फिर्ता ल्याएका छन् ।
ल्यापटप वितरण देखि लिएर सबै सामाग्रीहरु बॉडेर खाने योजना बनाउने प्रवन्धक दिपक थापा, बोर्ड सदस्य मोहन पन्थी र सागर सिजापति सहितले एनट्याग जोगाउन भन्दै आफूहरुले गरेको निर्णय र चलखेललाई बोर्ड बैठक राखेर अनुमोदन गराउने गरेको एक सदस्यले दुखेसो पोखे ।
प्रवन्धक थापाले बेला बेलामा आफू राजीनामा दिने भन्दै बोर्ड सदस्यहरुलाई आफ्नो योजनामा फसाउने गरेको पनि एक बोर्ड सदस्यले बताए । उनले आफू भन्दा अरु अग्रेजी जान्ने र प्रपोजल लेख्ने मान्छे नभएकाले पनि आफूलाई एनट्यागमा ल्याईएको भन्दै आफूले भनेको नमाने राजीनामा दिन्छु भनेर बोर्ड सदस्यहरुलाई तर्साउने गरेको बुझिएको छ ।
यसैबीच केही समय अघि एनट्यागको कार्यलयमा सूचना माग्दा बोलाएर पत्रकारको परिचय पत्रै फ्याक्ने बोर्ड  अध्यक्ष सुन्दरमान श्रेष्ठ भने अझै पनि कार्यलयमा नियमित आउन छाडेको र लिखित रुपमा माफी माग्ने भनेर पनि अझै माफी नमागेको बुझिएको छ ।
उनले लिखित माफी नमागे राष्ट्रिय सूचना आयोग लगायतका ठाउमा उजुरी गर्ने र पत्रकारहरुले स‘युक्त रुपमा आन्दोलन गर्ने तयारी गरेको बुझिएको छ । यद्यपि यस बारेमा जानकारी माग्दा थापाले आफूले यो कुरा बोर्डलाई भन्दिने भनेका छन् ।
थापाले पत्रकारहरुसग‘ भिटामिन ए, ल्यापटप र मोटरसाईकल भन्दा अन्य सूचना नभएको भनेर बोर्ड मेम्बरहरुलाई यीनीहरुले केही पनि गर्न नसक्ने भन्दै ब्रिफिङ गरेको अडियो टेस समेत फेला परेको छ । एनट्याग भित्रको गतिविधि अनियमितताको बारेमा हाम्रो रिपोर्टीङ जारी रहने छ । ल्यापटप लाने सबै ४१ जनाको नाम, मोटरसाईकल दुरुपयोग गर्नेहरु, थापाको अभिव्यक्ति सम्बन्धि अडियो टेप सहित थप सामाग्री अर्को अंकमा प्रकाशित हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी