काठमाण्डौ, १ साउन ।
भाट भटेनी सुपरमार्केटले वौद्ध चुच्चेपाटी क्षेत्रमा बसिरहेका हजारौ भूकम्प पीडितलाई कुहिएको चामल वितरण गरे पछि पीडितहरु आक्रोसित भएका छन् । भाटभटेनीले बेचेको कुहिएको चामलको पैसा फिर्ता गर्नु पर्ने भन्दै भूकम्प पीडितले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
भूकम्प पीडितलाई कुहिएको चामल ४३ रुपैया किलोको दरले ४ लाख जतिको चामल यो स्टोरले बेचेको देखिएको छ ।
संयुक्त भुकम्प पिडित संघर्ष समितीले आफ्ना मागहरुको सुनुवाई नभएको भन्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।
- भूकम्प पीडितले चामल किनेको विल
संघर्ष समितिको संयोजक राजु कार्किद्धारा आज जारी गरिएको प्रेस वक्तव्यमा सरकारले भुकम्प पिडतहरुलाई आश्वासनमा मात्र राखि पिडितले भोग्नु परेका समस्याहरुलाई बेवास्ता गरेको भन्दै चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको हो ।
संघर्ष समितीले राज्यले सम्पुर्ण भुकम्प पिडितलाई ब्यवस्थित र उपयुक्त आवास क्षेत्र निर्माण, पुनर्वास, त्यस्तै बिना धितो र शुन्य ब्याजमा ऋण दिनु पर्ने, उल्लेखित मागको व्यवस्था नहुदा सम्म अस्थायी बसोबास गरिहेकाहरुलाई नहटाउन माग गरेको छ ।
- कुहिएको चामल बेच्ने भाटभटेनी स्टोर
त्यस्तै भुकम्पको नाममा आएको बैदशिक अनुदानलाई पारदर्शि बनाउनु पर्ने, भुकम्प पिडितको राहतमा भ्रटाचार गर्नेलाई कडा कारबाही गरी हिरासतमा रहेका भुकम्प पिडितलाई रिहाईको माग गरिएको बक्तव्यमा जनाईएको छ ।
आफ्ना मागहरुलाई अझै व्यवास्ता गरिए धर्ना जलुस प्रर्दशन गर्नुका साथै चरणबद्ध आन्दोलन गर्ने समितीले चेतावनी दिएको छ ।
- संयुत्त भुकम्प पीडित संघर्ष समितिको संयोजक राजु कार्की सहित भुकम्प पीडितहरु ।
गत बैशाख १२ को बिनाशकारी भुकम्प र त्यसपछीका भराकम्पनबाट घरबार बिहिन भएका भुकम्प पिडितहरु मध्ये केही हालसम्म पनी अस्थायी रुपमा पाल टाागेर बस्दै आएका छन् ।



