महाभूकम्पकॊ धक्का र भयवित गराएको मन

महाभूकम्पकॊ धक्का र भयवित गराएको मन

  • शुक्रबार, असार २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

धेरै सपना र उदेश्यहरु लिएर म जस्तो हजारौ युबाहरु बिदेशी भुमि मा अनेकौ समस्या हरु सग मुकाबिला गर्दै श्रम तथा अमुल्य पसिना काधाराहरु बगाई रहेका छन् । धेरै को सपना बिदेश बाट आफ्नो देश फर्किए पछि आफ्नो घर परिवार छरछिमेक अनि आफ्नै देश को लागि केहि गरौ भन्ने हुन्छन ।

स्वदेश तथा विदेश मा रहेका नेपाली संचार माद्यम हरु मा सधै हेड़ लाईन समाचार का रुपमा छ।उने गरेकानेपाली राजनीति भित्र का निरासा जनक कुरा हरुम जस्त कैयो युवा हरुलाई चिन्तित बनाएको छ । देशको चौतर्फी बिकाश को लागि र नया नेपाल निर्माणार्थ नया संबिधान का लागि हाम्रा नेताहरु ले देखाएको आस्वासन र प्रोलभन ले धेरै नेपाली हरु बितृष्णा हुनु परेको छ ।समस्त्ति मा भन्नु पर्दा देश बिकाश को लागि नेता र जनता बीच हुनु पर्ने सम्बध टाडा हुदै गएकोले देशअराजकता अनियमितता भ्र्सतचार को सिकार भएको छ ।

राजनीति बेरोजगार र युवा विद्याथीहरु ले आन्दोलन गर्ने थलो बनेको छ । निराशा को केन्द्र बनेको छ येति भन्दै मा मैले बिशेषज्ञ भएर राजनीति को परिभाषा दिन खोजेको बने अबस्य होइन देश मा जनता ले संबिधान नपाउदा भोग्नु परेको पराकाष्ट लाइ भूमिका बनाउदै त्यो 2072 साल को कालो दिन अथवा महाभूकम्प ले पुराएको अतुलनिय क्षेति को चर्चा गर्न प्रयास गर्न खोजिरहेको छु ।साचिकै नेपाली हरु को लागि २०७२साल बैसाख १२गते कालो इतिहास बएको छ । धेरै नेपाली आमा हरुले आफ्नो सन्तान गुमाउनु पर्यो धेरै ले आफ्नो चल अचल सम्पति गुमाउनु पर्यो ।देश को दरोहर मानिने विश्व सम्पदा सुची मा सुचिकृत सम्पदा का साथै विभिन्न धार्मिक ऐतिहासिक पुरतातिक सम्पदा गुमाउनु पर्यो । हुनत म आफ्नो देश बाट धेरै टाडा छु भुकम्प को सहर जापान को योकोहामा इस्थित कलेज मा पढाइको सिलसिला मा छु ।

   नेपाल मा भाको भूकम्पीय क्षेति र असर हरु प्रतक्ष्य आखाले देखेको छैन i नेपाली संचार माद्यम र सामाजिक संजाल हरुको माद्यम बाट आएको न्युज र इस्टाटस पढेर अनि फोटो र भिडिओ हेरेर रुवाएको मेरो मन को पीडा कलम को सहयेता ले ब्यक्त गर्दै छु । पराइ को देश आफ्नो देश जस्तो कहाँ हुदो छ र घडी को सुइ हेर्दै खानु पर्ने सुत्नु पर्ने अनि अनिदो भएर रातारात काम गर्नु पर्ने हुन्छ ।त्यो पनि प्राकृतिक रुप मा जोखिम युक्त र भुकम्प को देश जापान कुन बेला के हुन्छ केहि थाहा हुदैन गरि मुसलधारे पनि गरि चैत्र को जस्तो घाम लाग्ने भुकम्प अनि सुनामी ले बेला बेला त्रसित बनाउने गर्दछ । यिनै बखत आफ्नो देश को माटो हावा पानी अनि जन्मभूमि र सुन्दर देश नेपाल लाई सम्झिने गर्दछु । तर अहिले आफ्नो देशले समेत एस्तो नियति बोग्नु परेको छ म जस्ता हजारौ युवा जो विदेश मा पसिना बगाउदै छ परिवार अनि देश को लागि केहि सोचेर काम गर्दै छ उनीहरुको मन अहिले रोएको छ परिवार र आफ्नो जन्म भुमि लाई भेत्टने सपना तुहुयेको छ । बिर्सन खोज्छु गाह्रो छ सम्जिन्न खोजु देश महाविपत्ति को घडी मा रुइरहेको छ ।गरि गरि परकम्पन आउने गरेको ले हरेक रात खुल्ला चौर मा बिताउने नेपाली हरु को दुख र तितो अनुभब र भोगाई ले विदेश मा रहेका कयौ को मन त्राश ले कम्पित गराएको छ । गोर्खा को बार्पक सिन्धुपालचोक रामेछाप दोलखा रसुवा मा धेरै क्षतिग्रस्त बनायो ।

महाभुकम्पले पिडित दुर्गम ठाउँ धेरै दिन पानी को भर मा बाचेको सुन्न्दा साचिकै हाम्रो देशका नेता हरु निकम्म नै ठानेको छु । धेरै प्रबाशी नेपाली हरुले बिदेशमा राहत संकलन गरी नेपाल पठाए तर राहत रकम माथि समेत गोटाला गर्न थाले नेता हरु चुनाबी आसन्न मा करादौ सरकारी दुकुडी खर्च गरेर आम सभा र चुनावी कार्य क्रम गर्न गाऊ पुग्छ तर येस्तो बिपत्ति मा सरकार कुन कुना मा के गर्दे छ थाहा छैन । किन सरकार ले आफु सग भएको हवाई जहाज अकुपाई गरेको होला ? ज्यादै दुखद प्रसङ्ग बनेको छ ।

तेस्तै छेमेकी देश भारत ले नेपाल प्रति गरेको सहयोग र तेस्को पछाडी भारतले लुट्न खोजेको तथ्य थाह हुदा हुदै किन सरकार मौन छ ।अन्य राहत सामग्री लिएर आउने विदेशीहरुको अगमन् मा किन कडाई गरिदै छ एस्ता धेरै टिप्पणी हरु रहेका छन् ।देश विदेश मा सिमित व्यक्ति हरु मिलेर भुकम्प पिडित राहत संकलन भै रहेको छ उनि हरुलाई सरकार को स्वीकृति छ छैन संकलित रकम का कसरि पुराउदै छ एस्तो गम्बिर कुराहरु को खोजि नीति सरकार ले गर्नु पर्दछ ।

    अन्तरास्ट्रिय संस्था undp ko बिश्व खाद्य कार्यक्रम ले भुकम्प पिडित लाई कुहेको चामल वितरण गरेको समाचार सार्वजनिक हुदा सम्म सरकारले छानबिन अगाडी बढाएको छैन यदि वितरित अखाद्य चामल ले पिडित को स्वास्थ्य मा समस्या देखाएमा बिश्व खाद्य कार्यक्रम लाई के कस्तो कारबाही हुन्छ ।निमुखा नेपाली जनता माअन्तरास्ट्रिय संस्थाले समेत येसरी व्यवहार गर्नु देश को विद्यमान राजनैतिक अबस्स्था लेअन्तरास्ट्रिय समुदायमा समेत नेपाल को गलत छबि र सरकारी संयन्त्र लाई राम्ररी देखाएको भन्ने देखाउछ । – ‘नेपालको पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय सम्मेलन’मा विदेशी दाताहरुले सकारात्मक सहानुभूति देखाएका छन‍्। सोल्टी होटलको उद्‌घाटन सत्रमा मित्रराष्ट्र एवं अन्तरार्ष्ट्रिय विकास साझेदार संस्थाहरुले करिब ३ सय १३ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सम्मेलनमा भारतकी विदेशमन्त्री सुष्मा स्वराजले झण्डै १ खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता गरिन्। यसमध्ये झण्डै २५ अर्ब रुपैयाँ अनुदान र ७५ अर्ब रुपैयाँ ऋण सहयोग रहने उनले आफ्नो मन्तव्यमा बताइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दिने घोषणा गरिएको १ खर्ब सहित कूल सहयोग रकम अब २ खर्ब रुपैयाँ पुगेको छ। यसबाहेक आगामी ५ वर्षमा थप १ खर्ब रुपैयाँ दिने र त्यसको ४० प्रतिशत अनुदान र ६० प्रतिशत ऋण रहने आश्वासन स्वराजले दिएकी छन्। चीनका विदेशमन्त्री वाङ यीले करिब ४९ अर्ब रुपैयाँ सहयोगको घोषणा गरे। जापानले करिब २६ अर्ब रुपैयाँ, युरोपियन युनियनले रु. ११ अर्ब, एसियाली विकास बैंकले करिब रु. ६० अर्ब, विश्व बैंकले रु. ५० अर्ब, संयुक्त राज्य अमेरिका रु. १३ अर्ब, नर्वे रु. ३ अर्ब ३५ करोड सहयोग प्रतिबद्धता आएको छ। भुटान, श्रीलङका, बंगलादेशलगायतका देशले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उद्‌घाटन सत्रमै यो रकम घोषणा गरिएको हो। अन्य गैरसरकारी संस्था र विकास साझेदारहरुबाट प्रतिबद्धता आउनै बाँकी रहेको छ।देश बिपत्ति मा छ विदेशि हरुले देखाएको सहानुभूति प्रसंशनीय छ येसलाई आत्मा साथ गर्दै सहयोग रकम पारदशी रुपमा वास्तविक पिडित परिवार लाई दिएर मान्छे को नैसर्गिक अधिकार को प्रत्याभूति दिन सक्नु आवाश्यक छ । धेरै सपना बोकेर परदेशिएका म जस्ता नेपाली युवा हरुले जस्तो दुखअब का युवा हरुले नापाओस । भुकम्म्प पिडित रकम र अरुदेश्हरुले दिएको रकम युबाहरुलाई रोजगार दिएर देश निर्माण पुनर्निर्माण मा संलग्न गराउनु पर्दछ जसले विदेशिने युवाहरु देश मै श्रम तथा रोजगार गर्दछ्न ।

लेखक  , शेर्पा पत्रकार संघ जापानका अध्यक्ष हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी