एजेन्सी २५ असार । अमेरिकी विदेशमन्त्री जोन केरीले इरानसँग जारी आणविक वार्ता टुंग्याउन कुनै हतारो नभएको बताउनु भएको छ ।
केरीको भनाईले इरानी पक्षलाई केही राहत मिलेको छ । अमेरिका सहित विश्वका ६ शक्ति राष्ट्रले इरानसँग गरिरहेको वार्तालाई सम्झौतामा र्पुयाउन हतारो नभएको केरीको भनाइ छ ।
इरानमाथि लागाइएको आर्थिक नाकाबन्दी हटाउने सयमसीमाबारे सहमति जुट्न नसक्दा अष्ट्रियाको भियनामा भएको बहुराष्ट्रिय वार्ता टुंगोमा पुग्न सकेको छैन ।
यता, इरानका विदेशमन्त्री मोहोमद जवाद जरिफले पनि आणविक वार्तालाई निष्कर्षमा र्पुयाउन इरानले द्रुत गतिमा काम गरिरहेको बताँउदै हतार भने नगरिएको प्रष्ट्याउनु भएको छ ।
इरानको विवादास्पद आणविक कार्यक्रमलाई राष्ट्रसंघीय निगरानीमा ल्याउनेबारे अमेरिका, रुस, बेलायत, जर्मनी, फ्रान्स र संयुक्त राष्ट्रसंघका नेताहरुले इरानसँग वार्ता गरिरहेका छन् ।