एजेन्सिं, २४ असार ।
आर्थिक संकटबाट घेरिएको युरोपेली मुलुक ग्रीसले बैंकहरु बन्द रहने समय बढाएर आगामी सोमबारसम्म पु¥याएको छ ।
चरम आर्थिक संकटले ग्रीसका सम्पूर्ण बैंकहरु गत जुन २८ तारिखदेखि बन्द रहेका छन् ।
जनमत संग्रहको दुई दिनपछि बुधबारबाट बैंकहरु खुल्ने बताइए पनि ग्रीसका प्रधानमन्त्री अलेक्सिस सिप्रासले यो समयसीमा बढाएर आगामी सोमबारसम्म र्पुयाएका हुन् ।
आइतबार युरोपेली युनियनको आकस्मिक शिखर बैठक बस्न लागेको अवस्थामा सोमबारसम्म बैंकहरु बन्द गरिएको बताइएको छ । आर्थिक संकट टार्न युरोपेली दाताहरुले आवश्यक सहयोग गर्न अस्वीकार गरेपछि ग्रीस टाट पल्टने अवस्थामा पुगेको छ ।
दाताहरुले भनेअनुसार खर्च कटौती गर्ने प्रस्ताव जनमतसंग्रहबाट अस्वीकार भएपछि प्रधामन्त्री सिप्रासले विहीबार आर्थिक सुधारको नयाँ प्रस्ताव ल्याउने बताइएको छ ।
हालसम्म युरोजोनका १९ सदस्य राष्ट्रले ग्रीसको संकटबारे निर्णय गर्दै आएपनि अब भने युरोपेली युनियनका सबै २८ राष्ट्रको शिखर बैठकमा यसबारे छलफल हुन लागेको हो ।