अमेरिकाले भारी संख्यामा सैनिक कटौती गर्दै

अमेरिकाले भारी संख्यामा सैनिक कटौती गर्दै

  • बुधबार, असार २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी , २३ असार ।
अमेरिकाले भारी मात्रामा सैनिक कटौती गर्ने निर्णय गरेको छ । खर्च कटौतीका लागि आगामी दुई वर्षभित्र ४० हजार सैनिक कटौती गर्ने निर्णय गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले १७ हजार गैर सैनिकको पनि कटौती गर्ने निर्णय गरेको जनाएको छ ।

यो निर्णयसँगै अब अमेरिकी सेनाको संख्या सन् २०१७ मा साढे चार लाखमा सीमित हुनेछ । इराक र अफगानिस्तनमा युद्धको अवस्थामा रहँदा सन् २०१२ सम्म अमेरिकासँग ७ लाख ५० हजार सैनिक थिए ।

अमेरिकामा सन् २००१ मा आतंकवादी हमला हुनुभन्दा एक वर्ष अघिसम्म सेनाको संख्या ४ लाख ८० हजार थियो । त्यसपछि ‘आतंकवादविरुद्धको लडाइँ’ भन्दै एक दशकको अवधिमा झन्डै २ लाख ७० हजार सेना थपिएको थियो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा प्रशासनले सैन्य खर्च कटौती गर्ने घोषणा गरेसँगै सन् २०१२ देखि भने सैन्य बलमा भारी मात्रामा कटौती गर्न थालिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी