काठमाडौं, २३ असार । गम्भिर आर्थिक संकटमा फसिरहेको ग्रीसलाई आर्थिक सुधारको नयाँ प्रस्ताव पेश गर्न युरोजोनले आजसम्मको समयसीमा दिएको छ ।
बेल्जियमको ब्रसेल्समा सम्पन्न युरोजोनका नेताहरुको बैठकले ग्रीसलाई नयाँ प्रस्तावका लागि आजसम्मको समयसीमा दिने निर्णय गरेको थियो ।
युरोपियन परिषदका अध्यक्ष डोनाल्ड टस्कले ग्रीसको संकट समाधानका लागि दिइएको समयसीमाभित्र कुनै पनि हालतमा समस्याको समाधान निकाल्न दबाब दिनु भएको छ ।
उहाले समस्याको समाधान ननिकाले ग्रीस दर्दनाक स्थितिको सामना गर्न बाध्य हुने चेतावनी समेत दिनु भयो ।
यता ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले भने संकट समाधानका लागि केही समय थप गर्न माग गर्नु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline