ऋणदाताको सर्त मान्ने या नमान्ने विषयमा फैसला गर्न ग्रीसमा आज जनमत संग्रह हुदै

ऋणदाताको सर्त मान्ने या नमान्ने विषयमा फैसला गर्न ग्रीसमा आज जनमत संग्रह हुदै

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, २० असार ।  ऋणदाताले राखेका सर्त मान्ने या नमान्ने भन्ने विषयमा फैसला गर्न ग्रीसमा आज जनमत संग्रह हुदैछ ।

गम्भिर आर्थिक संकटमा फसेको ग्रीस दाताहरुको ऋण तिर्न नसक्दा टाट पल्टने अवस्थामा पुगेको छ ।

ग्रीसका अर्थमन्त्रीले भने ऋणदाताहरुले जनतामा आतंक फैलाएको भन्दै आलोचना गरेका छन् ।

यसअघि प्रधानमन्त्री एलेक्सिस सिप्रासले पनि जनमत संग्रहमा अन्तर्राष्ट्रिय ऋणदाताले गरिरहेको ब्ल्याकमेललाई अस्विकार गर्न आम जनतालाई अपील गर्नु भएको थियो ।

ऋणदाताको शर्त अस्विकार गर्दैमा यूरोपेली संघबाट आफ्नो सदस्यता कसैले खोस्न नसक्ने प्रधानमन्त्री सिप्रासको दाबी छ ।

यता यूरोपेली संघका नेताहरुले भने शर्त नस्वीकारेका ग्रीस यूरोजोनबाट बाहिरिनुपर्ने चेतावनी दिइरहेका छन् ।

दाताको शर्त नस्वीकारेको खण्डमा ग्रीसको स्थिति झनै कमजोर बन्ने यूरोपीयन संघका अध्यक्ष ज्या क्लाँड युंकरले बताउनु भएको छ ।

अन्तराष्ट्रिय मुद्रा कोषको डेढ अर्बभन्दा बढी डलर तिर्न गत जुन ३० सम्मको समयसीमा पाएको ग्रीस ऋण तिर्न नसकेपछि खराबी ऋणीहरुको सूचीमा परिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी