ग्रीसले भोली जनमत संग्रह गर्दै

ग्रीसले भोली जनमत संग्रह गर्दै

  • शनिबार, असार १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी, १९ असार ।

अन्तर्राष्ट्रिय ऋणदाताको शर्त स्विकार्ने या नस्विकार्ने भन्नेमा ग्रीसले भोली जनमत संग्रह गर्दैछ ।

जनमत संग्रहको पूर्वसन्ध्यामा ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले अन्तरर्रष्ट्रिय ऋणदाताले गरिरहेको ब्ल्याकमेललाई अस्विकार गर्ने पक्षमा मतदान गर्न आम जनतालाई अपिल गर्नु भएको छ ।

ऋणदाताका शर्त अस्वीकार गर्दैमा यूरोपेली संघबाट आफ्नो सदस्यता कसैले खोस्न नसक्ने प्रधानमन्त्री सिप्रासको दावी छ ।   यता यूरोपेली संघका नेताहरुले भने शर्त नस्विकारेमा ग्रीस यूरोजोनबाट बाहिरिनुपर्ने चेतावनी दिइरहेका छन् । गम्भिर आर्थिक संकटमा फसेको ग्रीस दाताहरुको ऋण चुकाउन नसक्दा टाट पल्टने अवस्थामा पुगेको छ ।

दाताको शर्त नस्विकारेको खन्डमा ग्रीसको स्थिति झनै कमजोर बन्ने यूरोपिय संघका अध्यक्ष ज्या क्लाँड युंकरले बताउनु भएको छ । जुन ३० मा अन्तर्राष्ट्रिय मुद्रा कोषको डेढ अर्बभन्दा बढी डलर तिर्न नसकेपछि ग्रीस खराबी ऋणीहरुको सूचीमा परिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी