एजेन्सी ,१८ असार ।
नाइजेरियामा पछिल्लो समयमा बोको हरामले झन्डै १ सय ५० जनाको हत्या गरेको छ । उत्तर पुर्वी बोर्नो राज्यको कुकावा र मोन्गुनो गाँउमा बुधबार र विहीबार बोकोहरामका लडाकुहरुले गरेको भीषण हमलामा १ सय ५० जनाको मुत्यु भएको बीबीसीले जनाएको छ ।
पर्यटकीय चाड ताल नजिकको कुकावा गाँउमा मात्रै ९७ जनाको र मोन्गुनो गाँउमा ४८ जनाको गोली हानी हत्या गरिएको बिबिसीले जनाएको छ ।
मुत्यु हुनेमा अंधिकाश महिला तथा बालबालिका रहेका छन । नाइजेरियामा पश्चिमी शिक्षा माथि प्रतिबन्ध लगाउने उद्देश्यले सन् २००२ मा इस्लामिक समूह ‘बोको हराम’ गठन भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline