पोखरा ,१७ असार ।
नेपाल वायुसेवा निगमको स्वामित्वमा रहेको पोखराको पृथ्वीचोकमा रहेको मंहगो जमिन अति सस्तोमा भाडामा मिलाएर ठूलो मात्रामा कमिसन लिने गरेको खुलासा भएको छ ।
पोखराको पृथ्वीचोकमा रहेको नेपाल एयरलाईन्सको ५ रोपनी जग्गा २०६२ साल बैशाख १ गतेदेखि भाँडामा लिएर प्रति महीना लाखौं रुपैया असुलि रहेको भए पनि संम्वन्धित निकाय मौन देखिएको छ । तत्कालिन समयमा एयरलाईन्सका कर्मचारीहरु लाई समेत प्रभावित पारी दश बर्षका लागि भाँडामा लिएको भेटिएको छ ।
- नेपाल वायुसेवा निगमको जग्गामा बनेको पोखरा सस्तो बजार
कृष्ण प्रसाद श्रेष्ठको नाममा भाडा संझौता भएको उक्त जग्गा तत्कालिन समयमा प्रति महिना ३१ हजार ५ सय भाडा सम्झौता भएको थियो । प्रत्येक ३ बर्षमा १५ प्रतिशत भाँडा बढाउने संझौता अनुसार हाल उक्त जग्गाको भाडा ६१ हजार ५ सय २३ रुपैया पुगेको छ । तर उक्त जग्गा बाट हाल प्रति महिना आठ लाख रुपैया असुल्दै आईएको रहस्य सार्वजनिक भएको छ ।
श्रेष्ठले त्यहाँ रहेको करिब दुई सय साना ब्यापारी बाट प्रति महिना आठ लाख मात्र हैन करीब ३७ लाख धरौटी असुल गरेका छन् । यसरी सरकारी सम्पति बैधानिताको नाममा भाडामा लिएर मनपरी शुल्क लिएर रकम असुल भैरहदा पनि कुनै पनि निकायको ध्यान गएको छैन ।
तत्कालि समयमा पोखरामा फुटपाथ ब्यापार हटाउने प्रकृया सुरु भएपछि सडक पेटीमा रहेका ब्यापारीहरुलाई नगरपालिको संयोजनमा बिभिन्न स्थानमा ब्यबस्थीत गरिने भन्दै उक्त जग्गामा लगेर राखिएको थियो ।
एउटा सरकारी निकायले चालेको अभियानको नाममा कुनै एक ब्यक्तिले महिनामा लाखौ रुपैया असुल्ने काम भैरहे पनि पोखरा उप– महानगरपालिकाले कुनै ठोस कदम चाल्न सकेको छैन ।
फुटपाथ ब्यबशायीहरु अहिले उक्त जग्गामा आफैले अस्थाई संरचनाहरु निर्माण गरेर बसेका छन् । कुनै पुर्वाधार बिना नै एयरलाईन्स बाट भाँडामा लिएका कृष्ण प्रसाद श्रेष्ठले महिनामा आठ लाख रुपैया असुल गरिरहेका छन् । ब्यबशायिहरु आफैले निर्माण गरेको संरचना मात्र करिब तिन करोड बराबरको रहेको छ ।
भाँडा संझौता अनुसार पनि अत्याधिक रकम असुलेको थाहा पाएपछि त्यहाँका ब्यबशायिहरुले यति बेला आफुले तिरेको डिपोजिट रकम फिर्ताको माग गरेका छन् ।
फुटपाथ ब्यबस्थापनको नाममा सरकारी सम्पतीको बिभिन्न बाहानामा दुरुपयोग गर्ने माफियाहरुलाई प्रत्यक्ष रुपमा फाईदा भएको छ । हाललाई कृष्ण प्रसाद श्रेष्ठ बाट पनि ब्यबस्थापनको जिम्मा लिएका भरत गुरुङगले ब्यबशायिहरुलाई बिभिन्न बाहानामा धम्काउने र अस्वभाविक संरचना निर्माण वा मागहरु गर्ने गरेको त्यहाँका ब्यबशायिहरुले बताएका छन् ।
भाडा नियमित तिरीरहेको भएपनि भरत गुरुङगले आफुहरुलाई बिभिन्न बाहाना बनाएर रकम माग गर्ने गरेकोले आफुहरु आजित बनेको उनिहरुले बताएका छन् ।
अचम्म त के छ भने २०७२ साल चैत्र मसान्त सम्म मात्रका लागि टेन्डर पारिएको सो जग्गामा २०७३ साल सम्मका लागि भाडामा लगाईएको छ । २०७१ साल फागुणमा दिईएको सो जग्गा कृष्ण प्रसाद श्रेष्ठले २०७३ साल सम्मको लागि करार कागज गरेर दिईएको छ । न्यायिक स्रोतका अनसार सम्झौता भन्दा बढीमा ३५ दिन भन्दा बढी काम गर्न नपाईने प्रावधान रहेको सन्दर्भमा किन उनले एक वर्ष बढी व्यवशायीसग‘ सम्झौता गरे यो रहस्यमय छ । साथै कृष्ण प्रसाद श्रेष्ठले विभिन्न च्यानल मार्फत फेरी पनि सम्झौता लम्व्याउन चलखेल शुरु गरेको र अन्य केही व्यक्तिहरु पनि ठेक्का लिन लागि परेका छन् । उनीहरु अहिले दिनहु जसो वायुसेवा निगमको कार्यलयमा आईरहेको बुझिएको छ ।
- व्यापारीहरुसग जग्गा भाडामा लिने पक्षले गरेको सम्झौता
यस विषयमा व्यवशायीहरुले अख्तियारले छानविन गरी दोषीमाथि कार्बाही गर्नु पर्ने माग गरेका छन् ।
साथै नेपाल वायुसेवा निगमका कर्मचारीहरुले समेत माथिल्लो तहका हाकिमहरुले मिलेमतोमा कमिसनको खेलमा निगमको सम्पत्ति स्वाहा पारेर आफू मोटाएको र कर्मचारीहरुलाई समेत सुविधा दिन नसकेको र अन्य निजी एयरलाईन्स जत्तिको प्रतिस्पधी समेत बनाउन नसकेको भन्दै पृथ्वीचोक जस्तै धेरै ठाउमा भ्रष्टाचार भएकाले कार्बाही होस् भन्ने आफूहरुले चाहेको नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।


