दोस्रो ट्वेन्टी–ट्वेन्टी अभ्यास खेलमा पनि नेपालको लज्जास्पद हार

दोस्रो ट्वेन्टी–ट्वेन्टी अभ्यास खेलमा पनि नेपालको लज्जास्पद हार

  • बिहिबार, असार १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमडौं, १७ असार ।

दोस्रो ट्वेन्टी–ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेट खेलमा पनि नेपालको लज्जास्पद हार भएको छ । बुधबार राति भएको खेलमा नेदरल्याण्डले नेपालमाथि १ सय ३ रनको सानदार जित आत पा¥यो ।

नेरदल्याण्डले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ४ ओभरमा सबै १० विकेट गुमाउँदै मात्रै ६९ रन बनाउन सक्यो ।

नेपालका लागि सरद भेषवाकरले १८, सोमपाल कामीले १४ तथा ज्ञानेन्द्र मल्लले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । राजेश पुलामी मगर र प्रदीप ऐरीले रनको खातानै खोल्न नसकि आउट भए  ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्डका माइकल रिप्पोनले तीन तथा थिज भान साल्भेन र पल भान मिकेरेनले समान दुई दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित २० ओभरमा मात्रै ४ विकेटको क्षतिमा १ सय ७२ रन बनायो । नेदरल्याण्डका माइकल स्वर्टले नटआउट ७६ तथा बेन कुपरले ६६ रन बनाए ।


नेपालका सोमपाल कामीले दुई तथा करण केसी र अविनाश कर्णले एक एक विकेट लिए । मंगलबार भएको पहिलो खेलमा पनि नेपाल १८ रनले पराजित भएको थियो । नेपालले नेदरल्याण्डसँग चार वटा ट्वेन्टी–ट्वेन्टी खेल खेल्नेछ ।

तेस्रो खेल बिहीबार नेपाली समय अनुसार बेलुका पौने ९ बजे हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी