अफ्रिकी मुलुक चाडमा ११ सुरक्षाकर्मी मारिए

अफ्रिकी मुलुक चाडमा ११ सुरक्षाकर्मी मारिए

  • मङ्लबार, असार १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी, आसार १५ । अफ्रिकी मुलुक चाडको जामेना शहरमा भएको बिस्फोटमा ११ जना सुरक्षाकर्मी मारिएका छन् । जामेना शहरमा छापा मार्न गएका सुरक्षाकर्मी बिस्फोटमा मारिएका हुन् ।

नाईजेरिया र चाडमा आतंकवादी गतिविधि गर्दै आएका चरमपन्थी समूह बोको हरामले बिस्फोट गराएको त्यहाको सरकारको दावी छ ।

यसअघि गत साता ३० जनाको मृत्यु हुने गरी जामेना शहरमै गराइएको बिस्फोटको जिम्मेवारी पनि बोको हरामले नै लिएको छ । गत आइतबार अत्याधुनिक हतियार तथा बिस्फोटक पदार्थ सहित जामेना शहरबाट ६० जना आतंकवादी पक्राउ परेका थिए ।

यता बोको हरामले चाडको एक अज्ञात स्थलबाट बिज्ञप्ती जारी गर्दै सरकारले आफूहरु बिरुद्धको कारबाही तीब्र पारेमा त्यसको डटेर सामना गर्ने चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी