काठमाडौं, १० असार ।
भारतले तीन एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा बंलगलादेशलाई पराजित गरेको छ ।
हिजोराति सम्पन्न खेलमा बंगलादेशलाई ७७ रनले पाखा लगाउदै भारतले यसअघिका दुई खेलमा हारसंगै बंगलादेशलाई सुम्पिएको सिरिज क्लिन स्वीप हुनबाट जोगाएको छ ।
मिरपुरमा स्टेडियममा भारतले प्रस्तुत गरेको ३ सय १८ को लक्ष्य पछ्याएको बंगलादेश ४७ ओभरमा अल आउट हुँदै २ सय ४० रन मात्र बनाउन सक्यो ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धा्रित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १७ रन बनायो । भारतका शिखर धवनले ७५, कप्तान महेन्द्रसिंह धोनीले ६९, अम्बाती रायडुले ४४, सुरेश रैनाले ३८, रोहित शर्माले २९ तथा विराट कोहलीले २५ रन बनाए ।
बंगलादेशका मशरफ मुर्तजाले तीन तथा मुस्तफिजर रहमानले दुई विकेट लिए । तेस्रो एक दिवसीयमा पराजित भएपनि बंगलादेशले सिरिज २–१ ले जितेको छ ।
पहिलो खेलमा भारतलाई ७९ रनले पराजित गरेको बंगलादेशले दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो । बंगलादेश भ्रमणमा गएको भारतले एक मात्र टेस्ट म्याचको नतिजा पनि बंगलादेशलाई सुम्पिएको थियो ।


