काठमाडौं, ९ असार
भारतको झारखण्डस्थित एक रेल वे स्टेशनमा नक्सलवादी समुहले बिस्फोट गराएका छन् ।
झारखण्डस्थित लातेहार जिल्लामा रहेको रेल वे स्टेशनमा गराएको बिस्फोट पछि रेल वे सेवा प्रभावित बनेको छ । मानवीय क्षतिको बिवरण भने हाल सम्म प्राप्त नभएको भारतीय अधिकारीहरुले बताएका छन् ।
भारतीय सुरक्षाकर्मी र भारतीय माओवादीबीच पलामु जिल्लामा भएको दोहोरो भिडन्तपछि थुपै्र माओवादी कार्यकर्ता पक्राउ परेको बदला स्वरुप रेल वे स्टेशनमा बिस्फोट गराएको हुनसक्ने भारतीय अधिकारीहरुले आशंका गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline