पाकिस्तानमा लूका कारण मृत्यु हुनेको संख्या ४ सय ५० नाघ्यो

पाकिस्तानमा लूका कारण मृत्यु हुनेको संख्या ४ सय ५० नाघ्यो

  • मङ्लबार, असार ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाण्डौ, ८ असार ।

पाकिस्तानमा तीन दिनमा लूका कारण मृत्यु हुनेको संख्या ४ सय ५० नाघेको छ ।

पाकिस्तानको सिन्ध प्रान्तमा सबैभन्दा बढी ३ सय जनाको मृत्यु भएको छ । भने कराँचीमा करिब १ सय ५० जनाले ज्यान गुमाएका छन् ।

स्थानीय स्वास्थ्य विभागले मेडिकल इमरजेन्सीको घोषणा गरेको छ । सिन्धको स्वास्थ्य मन्त्रीले अस्पतालमा मेडिकल इमरजेन्सी घोषणा गरिएको र प्रबन्धकहरूलाई लू प्रभावित बिरामीका लागि छुट्टै बेडको व्यवस्था गर्न आग्रह गरिएको बताएका छन् ।

कराँचीमा केही दिनदेखी ४२ डिग्रीदेखी ४५ डिग्री सेल्सियसका बीचमा रहेको छ । शनिबार यहाँ सबैभन्दा बढी ४५ डिग्री सेल्सियस पुगेको थियो ।

यस्तै, आइतबार र सोमबार ४२ डिग्री सेल्सियस तापमान रहेको थियो । यसभन्दा १९३८ मा मे महिनामा कराँचीमा सबैभन्दा गर्मी भएको थियो । त्यसबेला त्यहाँको तापक्रम ४८ डिग्री सेल्सियस पुगेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ