एजेन्सी ८ असार ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो देश अझै पनि नश्लवादबाट मुक्त हुन नसकेको स्विकार गर्नुभएको छ । एक रेडियोसंगको अन्तरवार्तामा राष्ट्रपति ओबामाले खासगरी काला जातिहरुमाथि यस्तो भेदभाव कायमै रहेको बताउनु भएको हो । ।
यो खुलेआम भेदभावको विषय नभएको भन्दै उहाले दुई तीन सय वर्षदेखि कायम रहेको विभेद रातारात अन्त्य गर्न नसकिने पनि बताउनुभयो । राष्ट्रपति ओबामाले काला मानिसमाथि दास प्रथावाला अमेरिकी इतिहाँसको लामो छायाँ रहेको र त्यो अझैसम्म पनि डीएनएमा बाँकी रहेको स्पष्ट पार्नुभएको छ ।
केही दिनअघि मात्रै दक्षिणी क्यारोलाइनाको एक चर्चमा एक युवाले अन्धाधुन्ध गोली प्रहार गर्दा अफ्रिकी मूलका नौं अमेरिकी नागरिक मारिएका थिए । गोली चलाउने उक्त युवक नश्लभेदी सोचबाट प्रभावित रहेको प्रहरीको भनाइ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline