एजेन्सी ,७ असार ।
अफ्गानिस्तानको काबुलस्थित संसद भवनमा तालिवान र सुरक्षाकर्मीबीच करीब २ घण्टा भीडन्त भएको छ । संसद भवन परिसरमा आक्रमण गरी संसद भवनसंगै जोडिएको निर्माणाधीन भवनमा प्रवेश गरेका तालेवान लडाकु र सुरक्षाकर्मीबीच झण्डै २ घण्टा भीडन्त भएको हो ।
सो क्रममा ६ जना हतियारधारी लडाकु मारिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । १८ जना घाइते भएका छन । संसद भवन बाहिर तालेवानले शक्तिशाली कार बम बिस्फोट गराई भित्र प्रवेश गरेका थिए ।
तालेवान लडाकुविरुद्ध कारवाही थाल्नुअघि प्रहरीले संसद भवन खाली गरेको थियो । अफ्गानिस्तानका नयाँ रक्षामन्त्री मसुम स्तानेकजईलाई संसदमा औपचारिक रुपमा परिचय गराइरहेका बेला आक्रमण भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline