ग्रीसको आर्थिक संकटको समाधान खोज्न युरोपेली नेताहरु जुटने

ग्रीसको आर्थिक संकटको समाधान खोज्न युरोपेली नेताहरु जुटने

  • सोमवार, असार ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं,  ७ असार ।

खराब ऋणका कारण संकटमा फसेको युरोपेली मुलुक ग्रीसका बारेमा छलफल गर्न आज यूरोपेली मुलुकका नेताहरुको महत्वपूर्ण बैठक बस्दैछ ।

बैठकको ठीक अगाडी ग्रीस सरकारले दाताहरुसँग सम्झौताका लागि नयाँ योजना प्रस्ताव गरेको छ ।

दुबै पक्षलाई फाइदा पुग्ने प्रस्ताव पेश गरिएको दावी ग्रीस सरकारको छ । ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले युरोपेली नेताहरुसँग प्रस्तावका बारेमा छलफल गरेका छन् ।

ग्रीसले यस महिनाको अन्त्यसम्म अन्तर्रा्ष्ट्रिय मुद्रा कोषको डेढ अर्ब डलरभन्दा बढी रकम भुक्तानी नगरे उ टाट पल्टन सक्ने र युरोजोनबाट बाहिर रहनुपर्ने अवस्था छ ।

यसैबीच फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलाण्डले ग्रीसलाई यूरोजोनमै राख्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी