मुम्बाईमा अवैध रुपमा सन्चालनमा रहेका सयौं मदिरा पसल सिल

मुम्बाईमा अवैध रुपमा सन्चालनमा रहेका सयौं मदिरा पसल सिल

  • आइतवार, असार ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, ६ असार ।

भारतको मुम्बाईमा बिशाक्त मदिरा सेवनबाट ८९ जनाको मृत्यु भएपछि त्यहाँको प्रशासनले अवैध रुपमा सन्चालन गरिएका सयौं मदिरा पसल सिल गरेकोे छ ।

केहि दिन अघि मुम्बईको मलाड मलावानी इलाका स्थित एक किराना पसलमा रहेको मदिरा सेवन गर्दा ८९ जनाको मृत्यु भएको थियो ।

उक्त घटनाको छानबिनका लागि गठन गरेको समितिले अधिकांश मदिरा पसलमा छापा मारि अवैध रुपमा सन्चालनमा रहेको मदिरा पसल बन्द गरेको हो ।

मुम्बईका मुख्यमन्त्री देबेन्द्र फडनवीसको निर्देशनमा गठित छानबिन समितिलाई तीन दिन भित्र प्रतिवेदन बुझाउन आदेश दिइएको छ ।

यसैबीच मलवानी इलाकाका बरिष्ठ प्रहरी निरीक्षकसहित सात जना प्रहरीलाई निलम्बन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी