भारत र पाकिस्तानको तनाव कम गर्न अमेरीका सक्रिय

भारत र पाकिस्तानको तनाव कम गर्न अमेरीका सक्रिय

  • बुधबार, असार २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

भारत र पाकिस्तानबीच पछिल्लो समय देखिएको तनाव कम गर्न अमेरीकाले प्रयास थालेको छ ।

अमेरीकी विदेशमन्त्री जोन केरीले टेलिफोनमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफलाई फोन गरी दुवै देशको तनावबारे चिन्ता व्यक्त गर्नु भएको छ ।

साथै उहाले भारतको उच्च तहमा पनि अमेरीकाले सम्पर्क गरीरहेको बताउनु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी समकक्षी नवाज सरीफलाई फोन गरेर शुभकामना दिएकै दिन अमेरीकी विदेशमन्त्री केरीले फोन गर्नु भएको विविसीले जनाएको छ ।

विदेशमन्त्री केरीले वक्तव्यहरुबाट उत्तेजित भएर कुनै निर्णयमा नपुग्न उहाले आग्रह गर्नु भएको छ ।

पछिल्लो समय भारत र पाकिस्तानबीच व्यापक मात्रामा बक्तव्यवाजीहरु चलिरहेका छन् ।

भारतले बर्मामा गएर उग्रवादीहरु विरुद्ध कार्बाही गरे पछि पाकिस्तानमा पनि त्यसै गर्न सकिने चेतावनी दिएका कारण पाकिस्तानले आवस्यक परे परमाणु हतियार समेत प्रयोग गरेर भारतले हस्तक्षेप गरे जवाफ दिने चेतावनी दिए पछि अहिले चिन्ता व्यापक बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी