सीमामा नेपालीहरु माथिको दुव्र्यवहार कहिले सम्म ?

सीमामा नेपालीहरु माथिको दुव्र्यवहार कहिले सम्म ?

  • सोमवार, जेष्ठ ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, ३२ जेठ ।

भारतले सीमा क्षेत्रमा नेपालीहरुमाथी दुःख दिने कार्य कायमै राखेको छ ।

नेपाल भारत जोड्ने सुदुरपश्चिमको गाड्डाचौकि सीमा नाका होस या सुदुपुर्वमा भापाको काकडभित्ता सिमानाका, त्यो क्षेत्रमा खटिने भारतीय सुरक्षाकर्मीहरुले बर्षौ देखि नेपालीहरुमाथी दुव्र्यवहार गर्दै आएका छन ।

करिब एक बर्ष अगाडि गत श्रावन १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्र वर्षपछि नेपाल भ्रमणमा आए । नेपाल सरकारले मोदीको विशेष सम्मान समेत गर्यो । मोदीलाई स्वागत गर्न कोइराला विमानस्थलको अति विशिष्ट कक्षमा आफै गए ।

त्यहाँ उनलाई नेपाली सेनाले विशेष सम्मान गारत अर्पण गर्यो । त्यति मात्र होइन सरकारले भारतीय प्रधानमन्त्री मोदीलाई १९ तोपको विशेष सलामी दिएको थियो ।

सोहि क्रममा मोदीले नेपाल भारत सीमा क्षेत्रमा भारतीयहरुले गर्ने गरेका अमानविय र असव्य व्यवहारहरु बन्द हुने बचन दिएका थिए । मोदीको नेपाल भ्रमण लगत्तै सीमा क्षेत्रको आवागमनमा केहि सुधार आएपनि अहिले भने फेरि नेपाल माथिको दुव्र्यवहार पुरानै शैलीमा फर्किसकेको छ ।

दैनिक जसो भारतबाट मजदुरी गरेर स्वदेश फर्किदै गर्दा कयौ नेपालीहरु लाई भारतीय सुरक्षकर्मीहरुले तोकिएको भन्दा धेरै पैसा असुली गर्ने, पैसा दिन नमाने समानहरु लुटपाट गर्ने र अन्त्यमा कुटपिट नै गर्ने जस्ता अमानवीय कार्यहरु सयौ नेपालीहरुले सहदै आएका छन ।

त्यति मात्र होइन अझ सीमा क्षेत्रका नेपाली वासिन्दाहरु जस्तो महाकाली पारीका गाविसहरु दोधारा चादनी कञ्चनपुरको ब्रह्मदेव । दक्षिणी क्षेत्र पुर्नवास र बेलौरी लगाएतका ठाउहरुमा त थातथलो नै कब्जा गरि हदै सम्मको दुख दिने गरेको त्यहँका स्थानीयहरुको दुखेसो छ ।

बैतडीको जुलाघाट, कैलालीको मित्रनगर , बिरगंजको रक्सौल, सुनसरीको भन्टाबारी , धनुषाको लगता र इलामको पशुपतिनगर लगायत अन्य थुप्रै सीमानाकाहरुमा भारतले नेपालीहरु माथी दादागिरी गर्दै आएको छ ।

अझ त्यो भन्दा निन्दनीय कार्य त के छ भने भारतीय सिमा सुरक्षा बल एसएसवीका जवानहरुले पाँचथरको प्राङवुङ गाविसमा एक युवतीलाई सामूहिक बलात्कार गरेको विवरण सार्वजनिक भयो ।

६ जना भाई वहिनी लिएर सिमावर्ती क्षेत्रमा गएकी २० वर्षीया ती युवतीलाई गत बैसाख १२ गते सांझ नेपाल भारत सीमामा पर्ने चार राते भन्ने स्थानवाट अपहरण शैलीमा पक्राउ गरी करिव आधा घण्टासम्म नियन्त्रणमा राखी बलात्कार गरेको पीडित पक्षले बताएको थियो ।

बलात्कारपछि विभत्स अवस्थामा भागेर गाउँलेको शरणमा पुगेकी ती युवतीको बारेमा गाउँलेहरुले प्रहरी चौकी पाङवुङमा जानकारी गराएका थिए । स्थानीय प्रहरीले जिल्लामा जानकारी गराए ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी डुल्लुराज वस्नेतले सो घटनाको पुष्टी गर्दै पीडकलाई नेपालकै न्यापालिकामार्फत कार्वाही प्रकृया अगाडि वढाउन कानुनी ब्यवधान रहेकोले पीडित पक्षको निवेदन लिएर माथिल्लो निकायमार्फत आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।

तर ति युवतीले कहिले न्याय पाउने ? नेपाल र नेपालीहरुलाइ यस्तो दुख दिदा र नेपाली युबती लाइ भारतीय सुरक्षा कर्मी (गुण्डा) ले सामुहिक बलात्कार गर्दा समेत नेपाल सरकार मौन रहनु, कारबाही गर्नु को सट्टा संरक्षण गर्नु ले पाचथर कि एक येवतीलाइ मात्र होइन नेपालि धर्ति लाइ बलात्कार गरेको सम्झनु पर्दछ हामी सचेत नेपाली जनताले !!!

आखिर कहिले सम्म सहने यो ज्याजदी ????? बर्षौ वितिसक्दा समेत सीमा क्षेत्रमा हुदै आएका यस्ता दुव्र्यवहारहरुको अन्त्य हुन नसक्नुमा कसको कमजोरी छ ?

निरीह बनेको छ नेपाल सरकार किन ? यस्तै यस्तै कयौ प्रश्नहरु करिब ३ करोड नेपालको मनमा तेर्सिएको छ सदियौ देखि । उत्तर कसले दिने ? जीम्मेवार निकाय किन मौन ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी