अमेरिकी सेनाको आक्रमणमा परि इस्लामिक अतिवादी संगठन आईएसका एक उच्च नेताको मृत्यु भएको छ ।
अमेरिकी सेनाले पूर्वी लिवियाको अज्डावियामा गरेको हवाई आक्रमणमा आइएसका एक शीर्ष नेता मोख्तर बेलमोख्तर मारिएको लिवियाका उच्च अधिकारीले पुष्टि गरेका छन् ।
लिवियाका अधिकारीले उनको मृत्युवारे पुष्टि गरेपनि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भने यसबारेमा कुनै जानकारी दिएको छैन । यद्यपी आक्रमणको मूख्य लक्ष्य बेलमोख्तर नै भएको अमेरिकाले स्पष्ट पारेको छ ।
दुई वर्ष अघि अल्जेरियन ग्यास प्लान्टमा भएको आक्रमणको मूख्य योजनाकार बेलमोख्तर आइएस प्रवेश गर्नुअघि अलकायदाका शिर्ष नेता थिए । हवााई आक्रमणमा मोख्तर सहित दर्जनौं लडाकु समेत मारिएका बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline