काठमानण्डौ, ३१ जेठ ।
पाकिस्तानले अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनलाई देश छोड्न आदेश दिएको छ । पाकिस्तान विरोधी गतिविधि गरेको भन्दै सेभ द चिल्डे«नलाई देश छोड्न आदेश दिइएको हो ।
इस्लामाबाद प्रहरीले संस्थाको कार्यालयमा सिलबन्दी गरेको छ भने कर्मचारीलाई देश छोड्न १५ दिनको समय दिइएको छ । सेभ द चिल्ड्रेनले भने यो कारबाहीप्रति आपत्ति जनाएको छ ।
पाकिस्तानले यसअघि संस्थामाथि नक्कली खोप कार्यक्रम गरेको र अमेरिकी गुप्तचर निकाय सिआइएले ओसामा बिन लादेनलाई खोजी गर्न खोप अभियानको दुरुपयोग गरेको आरोप लगाएको थियो ।
कार्यालयको फोन तथा गतिविधिमा लामो समयदेखि निगरानी गरिएको र शंकास्पद पाएपछि यो निर्णय गरिएको एक प्रहरी अधिकारीले बताएका छन् । सेभ द चिल्ड्रेनले ३० वर्षभन्दा बढी समयदेखि पाकिस्तानमा काम गर्दै आएको छ भने त्यहाँका ६० भन्दा बढी जिल्लामा यसका परियोजना संचालित छन् ।