पाकिस्तानी सेना प्रमुख जनरल राहिल सारीफले भारतीय सेनाले लगातार युद्ध विराम उलंघन गरीरहेको भन्दै शत्रुहरुको नियत खराब रहेकाले देशको सुरक्षार्थ कुनै कसर बाकी नराख्ने चेतावनी दिनु भएको छ ।
कराचीमा नौसैनिक एकेडेमीमा पासिङ आउटलाई संवोधन गर्दै उहाले त्यस्तो चेतावनी दिनु भएको हो ।
बलुचिस्तान, कराची लगायतका ठाउमा हिशा हुनुमा शत्रुहरुकै संलग्नता र नियत खराब भएको प्रमाणित हुने भन्दै उहाले त्यस्ता हिशाहरुमा भारतको हात रहेको संकेत गर्नु भयो ।
सेना प्रमुख सारीफले राष्ट्रिय हितको रक्षाका लागि सेनाले सबै चूनौतीको सामना गर्ने भन्दै बलुचिस्तान कास्मीर या बन्दरगाह जे भए पनि पाकिस्तानको हितमा सेनाले दुस्मनको गतिविधि र नियत पत्ता लगाएको दावी गर्नु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline