भारतले दिउसै सपना देख्न बन्द गर्नु पर्छ: पाकिस्तान

भारतले दिउसै सपना देख्न बन्द गर्नु पर्छ: पाकिस्तान

  • शुक्रबार, जेष्ठ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

भारतीय सेनाले म्यानमारको सिमामा गएर आक्रमण गरी ३८ जना उग्रवादी विद्रोही मारेको विषयलाई लिएर भारतीय मन्त्रीहरुले पाकिस्तानमा पनि यस्तो हमला गर्न सकिने भने पछि पाकिस्तानी सरकार तथा नेताहरुले कडा चेतावनी दिएका छन् ।
पाकिस्तानी पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफले आफ्नो देशको सेनाले चुरा लगाएर नबसेको र पाकिस्तान म्यान्मार हैन भन्ने कुरा सम्झन चेतावनी दिएका छन् ।
साथै मुसर्ररफलले पाकिस्तानसग‘ पर्याप्त एटम बम रहेकाले कुनै पनि शत्रुले मुलुकमाथि धावा बोलेमा त्यसलाई सजायर मात्र राख्न नसकिने भन्दै भारतलाई चेतावनी दिएका छन् ।

त्यस्तै पाकिस्तानका गृहमन्त्री चौधरी निसार अलि खानले भारतीय नेताहरुलाई दिउसै सपना देख्न बन्द गर्न भनेका छन् ।

उनले म्यानमार सम्झिएर पाकिस्तानमाथि कुनै कदम चाल्न हिम्मत गरे परिणाम पनि भोग्न तयार हुनु पर्ने चेतावनी दिए ।

यसै गरी म्यानमार अप्रेसनपछि भारतले दिएको बक्तव्य पाकिस्तानलाई अस्थीर गर्ने प्रयास भएको भन्दै पाकिस्तानी सेनाको उच्च तहका अधिकारीहरु सम्मिलित बैठक बसेका थिए ।
उनीहरुले कुनै पनि क्षेत्रमा भारतले हमला गरे त्यसको चौतर्फी जवाफ दिने तयारी बारे छलफल समेत गरेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो वक्तव्यबाजी पछि जम्मु कास्मीरमा भारत र पाकिस्तानी सेनाबीच केही बेर गोली हानाहान समेत भएको थियो ।

भारतका केन्द्रीय मन्त्री राठौडले म्यानमारमा जस्तै आतंककारीलाई संरक्षण दिन खोजे यस्तै कार्बाही हुन्छ भनेर पाकिस्तानलाई लक्षित गरे पछि पाकिस्तानी क्षेत्रबाट कडा प्रतिकृया आएको हो ।

एक तथ्याकं अनुसार भारतसग‘ भन्दा पाकिस्तानसग‘ करीव १० वटा जति परमाणु हतियार धेरै रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी