महिला विश्वकप फुटबल प्रतियोगितामा ब्राजिल र फ्रान्स विजयी

महिला विश्वकप फुटबल प्रतियोगितामा ब्राजिल र फ्रान्स विजयी

  • बुधबार, जेष्ठ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ जेठ २७  ।

क्यानडामा जारी महिला विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत पछिल्ला खेलहरुमा ब्राजिल र फ्रान्स विजयी भएका छन् भने स्पेन र कोष्टारिका तथा कोलम्विया र मेक्सिको बराबरीमा रोकिएका छन्  ।

गएराती सम्पन्न खेलमा इग्ल्याण्ड  फ्रान्ससँग १–० ले पराजित भएको छ । निकै प्रतिस्पर्धात्मक भएको खेलमा फ्रान्सका लागि २९ औं मिनेटमा सोमरले गरेको गोल नै निर्णायक बन्यो । त्यस्तै गएराती नै भएको अर्को खेलमा स्पेन र कोष्टारीका तथा कोलम्विया र मेक्सिको १–१ को बराबरी रोकिएपछि अंक बाडेका छन् ।


प्रतियोगिता अन्तर्गत आज विहान सम्पन्न खेलमा ब्राजिलले दक्षिण कोरियालाई २–० ले पराजित गरेको छ । ब्राजिलका लागि पहिलो हाफको ३३ औं मिनेटमा मोटाले गोल गरिन् । दोस्रो हाफको ८ औं मिनेटमा डि सिल्भाले गोल गरेपछि ब्राजिल विजयी भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी