काठमाडौ जेठ २७ ।
क्यानडामा जारी महिला विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत पछिल्ला खेलहरुमा ब्राजिल र फ्रान्स विजयी भएका छन् भने स्पेन र कोष्टारिका तथा कोलम्विया र मेक्सिको बराबरीमा रोकिएका छन् ।
गएराती सम्पन्न खेलमा इग्ल्याण्ड फ्रान्ससँग १–० ले पराजित भएको छ । निकै प्रतिस्पर्धात्मक भएको खेलमा फ्रान्सका लागि २९ औं मिनेटमा सोमरले गरेको गोल नै निर्णायक बन्यो । त्यस्तै गएराती नै भएको अर्को खेलमा स्पेन र कोष्टारीका तथा कोलम्विया र मेक्सिको १–१ को बराबरी रोकिएपछि अंक बाडेका छन् ।
प्रतियोगिता अन्तर्गत आज विहान सम्पन्न खेलमा ब्राजिलले दक्षिण कोरियालाई २–० ले पराजित गरेको छ । ब्राजिलका लागि पहिलो हाफको ३३ औं मिनेटमा मोटाले गोल गरिन् । दोस्रो हाफको ८ औं मिनेटमा डि सिल्भाले गोल गरेपछि ब्राजिल विजयी भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
