भुकम्प पिडितका लागी कालेको च्यारिटी

भुकम्प पिडितका लागी कालेको च्यारिटी

  • मङ्लबार, जेष्ठ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

भुकम्प पिडितको सहयोगार्थ चलचित्र ‘काले’को च्यारिटी गरिने भएको छ । नेपाल मोडलिङ संघको आयोजनामा आगामी २९ गते बिश्वज्योती चलचित्र भवनमा यसको च्यारेटी गर्न लागिएको हो ।

एक्सपोज नेपालको समेत सह–कार्य रहेको उक्त सोबाट उठेको सम्पुर्ण रकम भुकम्पपिडितलाई पारदर्शी तवरले दिइने नेपाल  मोडलिङ संंघका अध्यक्ष दिनेश शाहीले बताए ।

‘भुकम्प पिडितको नाममा बिभिन्न ब्यक्तिहरुले फाइदा उठाइरहेको समाचार बाहिर आइरहेको छ’ शाहीले भने‘ हामी भने त्यो बिषयमा सचेत छन् ।’ मिडियालाई साक्षी राखेर उठेको रकम दिइने उनले खुलाए । ‘काले’ महेश गिरीको लगानीमा निर्माण भएको चलचित्र हो ।

मौलिक नेपाली चलचित्र भनेर निर्माण समयमा प्रचार गरिएको यो चलचित्र उद्धव अभिदितले निर्देशन गरेका हुन् । निस्तेज, निरौला, जेनसा केसी,महेश गिरी,समिक्षा अर्याल, दिनेश दुलाललगायतको चलचित्रमा मुख्य भुमिका रहेको छ । चलचित्रले कणाली भेगका दलित समुदाय र जातिय भेदभावको कथा भन्ने निर्माण पक्षको भनाई रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी