काठमाडौं,२५ जेठ ।
चीनमा विश्वकै पहिलो संगीतमय ‘वाक वे’ निर्माण गरिएको छ । चीनको शिनियुझाईस्थित नेशनल जीओ पार्कमा विश्वकै पहिलो संगीतमय वाक वे बनाइएको हो ।
उच्च पहाडसंग जोडिएको यो वाक वे पुरै सीसाले बनेको छ भने यसमा हिंड्ने जो कोहीले पनि आकाशमा हिंडेको महशुस गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् ।
अधिकारी हरुका अनुसार ५ सय ९० फीट लामो वाक वे मा ७० प्रकारका संगीतको धुन रहेका छन् ।
वाक वे मा हिंड्ने ब्यक्ति नडराओस भन्नका लागि डोरी पनि राखिएको छ । वा वे निर्माणसँगै बिदेशी पर्यटक भित्रिने चिनियाँ अधिकारीहरुको दावी छ । चीनमा यसअघि पनि मिनी वाक वे बनाइएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline