एजेन्सी, २४ जेठ ।
फ्रेन्च ओपन टेनिस प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधी अमेरिकी खेलाडी सेरेना विलियम्सले जितेकी छिन् ।
गएराति राती भएको फाइनल खेलमा चेक रिपब्लीकलनकी लुसी सारापोभालाई २–१ को सेटले पराजित गर्दै सेरेनाले उपाधी कब्जा गरेकी हुन् ।
प्रतिस्पर्धात्मक खेलमा सेरेनाले सारापोभाको चुनौती ६–३, ६–७ र ६–२ ले पन्छाएकी थिइन् ।
कुनैपनि ग्राण्डस्लामको पहिलो पटक फाइनलमा प्रवेश गरेकी सारापोभालाई पराजित गरेकी सेरेना २० वा त्योभन्दा बढि महिलाको ठूला एकल प्रतियोगिता जित्ने तेस्रो खेलाडी बनेकी छिन् ।
यस्तै विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिक, फ्रेन्च ओपन टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
फ्रान्सको राजधानी पेरिसमा भएको सेमिफाइनल खेलमा तेस्रो बरियताका ब्रिटिस खेलाडी एण्डी मुर्रेलाई ६–३, ६–३ र ६–१ को सेटमा हराउदै जोकोभिक फाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो र दोस्रो सेट जितेका जोकोभिकले तेस्रो र चौथो सेट गुमाएका थिए । तर पाचौँ तथा निर्णायक सेटमा ६–१ को सहज जित हात पार्दै जोकोभिकले स्टेन वारिन्कासँगको भेट पक्का पारेका हुन् ।

