भारत र बंगलादेशबीच सिमा विवाद समाधान सहित २२ बुदे महत्वपूर्ण सम्झौता भएको छ ।
जुन सहमति अनुसार अब भारतमा रहेको १ सय ११ गाउ बंगलादेशले फिर्ता लाने भएको छ भने बंगलादेशको मातहतमा रहेको ५१ वटा गाउ भारतमा गाभिने छ ।
यो सम्झौता पछि दुवै देशबीचको ४१ साल पुरानो सिमा विवाद समाप्त भएको छ ।
यसै गरी बंगलादेशले १० हजार एकड जमीन प्राप्त गर्ने छ भने भारतले ५ सय एकड जमिन मात्र प्राप्त गर्ने छ ।
भारत र बंगलादेशबीचको सिमाना ४ हजार ९६ किलो मिटर लामो छ ।
यो सम्झौता लागू भए पछि भारत र बंगलादेश दुवैको नक्सा परिवर्तन हुने छ । नेपाल भन्दा २२ गुणा ठूलो भारत केही खुम्चिने छ भने बंगलादेश केही तन्किने छ । दक्षिण एशियामा भारतले छिमेकी देशसग‘ गरेको यो सम्झौता सकारात्मक रहेको औल्याईएको छ ।
यो सम्झौतासगै जाली नोट नियन्त्रण, समुन्द्री सुरक्षा र मानव तस्करी रोक्ने जस्ता विषयमा सम्झौता भएको छ भने दुवै देशबीच सिधा बस सेवा सञ्चालन पनि उद्घाटन गरिएको छ ।
यसै गरी फरक्का र टिस्टा नदीको पानी प्रयोगको १८ वर्षदेखिको विवाद पनि आपसी वार्ताबाट समाधान गर्ने सहमति भएको छ ।
यसै गरी भारतको रिलायन्स र अडानी ग्रुपले बंगलादेशमा ४६ सय मेगावाट विद्युत उत्पादनका लागि ४.५ अर्ब डलर लगानी गर्ने भएका छन् ।