एजेन्सी २३ जेठ ।
भारत र बंगलादेशबीच रहेको ४१ बर्ष लामो सीमा विवाद आज अन्त्य हुदैछ । बंगलादेशको राजधानी ढाकामा आज दुई देशका प्रधानमन्त्रीबीच सीमा विवाद अन्त्यका लागी सम्झौता हुन लागेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशको प्रधानमन्त्री शेख हसिनाले भूमी सीमा सम्झौतामा हस्ताक्षर गर्नेछन् । यसअघि भारतले नै संसदबाट सो सम्झौता गर्ने निर्णय गरीसकेको थियो ।
दुई देशले सामुन्द्रिक सीमा विवाद भने यसअघि नै अन्त्य गरीसकेका थिए । भारतीय प्रधानममन्त्री मोदी पश्चीम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी सहितको टोली लिएर ढाका पुग्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline