एजेन्सी जेष्ढ १९ ।
चीनमा ४ सय ५८ जना यात्रु बोकेको एउटा पानी जहाज याङजी नदीमा डुबेको छ ।
दोङफाङजी नामको सो पानी जहाज स्थानीय समय अनुसार राति साढे ९ बजे दुर्घटनामा परेको चीनीया समाचार संस्थ सिनह्वाले जनाएको छ ।
हुवेई प्रान्तमा भएको सो दुर्घटनामा परी सिपका क्याप्टेन सहित ८ जनाको उद्धार भएको पनि जनाईएको छ ।
अन्यको खोजी तथा उद्धारका लागि राष्ट्रपति सि जिन पिङले कुनै कसर बाकी नराख्न निर्देशन दिनु भएको छ ।
ठूलो हावाहुरी र पानी परेका कारण उद्धारमा समेत कठिनाई भएको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline