काठमाडौं, १८ जेठ
अमेरिकामा प्रहरीद्धारा दैनिक दुईभन्दा बढी ब्यक्ति मारिइरहेको तथ्यांक सार्वजनिक भएको छ ।
वाशिंगटन पोष्टले सार्वजनिक गरेको तथ्यांक अनुसार वर्षको शुरुवाती पााच महिनामै प्रहरीबाट ३ सय ८५ जना मारिएका हुन् । मारिनेमा काला र निहत्था नागरिकको संख्या गोरोको तुलनामा तीन गुना बढिरहेको पनि बताइएको छ ।
केन्ऽ सरकारलाई नै सूचना दिने कानून प्रवर्तन एजेन्सीले दिएको सूचनाका आधारमा आधिकारिक तथ्यांक तयार पारिएको उक्त पत्रिकाले जनाएको छ । सन् २००८ यता प्रत्येक वर्ष चार सय व्यक्ति मारिइरहेको तथ्यांकमा उल्लेख छ ।
पछिल्ला दिनमा प्रहरी अधिकारीको हातबाट विभिन्न बहानामा काला नागरिक मारिन थालेको भन्दै अमेरिकामा ठूलै विरोध पनि भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline